७२ हजार घुससहित पक्राउ परेका अधिकृतलाई ६ महिना कैद

आइतबार, २२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । ७२ हजार घुससहित पक्राउ परेका प्रशासकीय अधिकृत अदालतबाट दोषी ठहर भएका छन्। महोत्तरीको सोनाम गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत श्रदेव यादवलाई विशेष अदाललते बिहीबार दोषी ठहर गरी ६ महिना कैद सजाय सुनाएको हो। साथै, उनलाई ७२ हजार नै जरिवाना र पीडित राहत कोषमा दुई हजार २८० रुपैयाँ जम्मा गर्न भनिएको छ। 

विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सो फैसला सुनाएको हो। सडक ढलानसम्बन्धी कामको भुक्तानीका लागि उपभोक्ता समितिसँग उनले घुस लिएका हुन्। गत ८ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेकोमा ५ असारमा मुद्दा दायर भएको थियो। 

सुझावित समाचार