मकवानपुरमा पिकअप र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

शनिबार, २१ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ अंगारेश्वरस्थित धरान-चतारा सडक खण्डमा पिकअप बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

बिहीबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटियाका २७ वर्षीय सुदिप पाण्डेको मृत्यु भएको हो ।

हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र ०१–०२८ च १७४७ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएको थियो । उनकाे उपचारका क्रममा गएराति ९:३५ बजे मृत्यु भएकाे हाे ।

दुर्घटनापछि पिकअप गाडी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी ४८ वर्षीय रमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार