आनीको नियुक्ति खारेजी माग्दै प्रदर्शन

शनिबार, २१ कार्तिक, २०८३
प्रिन्ट संस्करण

भैरहवा/ लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति खारेजीको माग राख्दै शुक्रबार लुम्बिनीमा प्रदर्शन भएको छ ।

लुम्बिनी बचाऊ महाअभियानको आयोजनामा स्थानीय, जेन–जी, महाअभियानका पदाधिकारीले लुम्बिनीको पर्चा चोकदेखि लुम्बिनी विकास कोषको कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अक्रम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको मान्यताविपरीत रहेको बताए ।

उनले नियुक्ति तत्काल बदर गर्न सरकारसँग माग गरे । महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले योग्य र निष्पक्ष विज्ञलाई पन्छाएर विकास कोषलाई राजनीतिक नियुक्तिको केन्द्र बनाइएको आरोप लगाए ।

योग्यता र पारदर्शितालाई तिरस्कार गर्दै प्रतिस्पर्धाको मर्ममाथि कुठाराघात गरिएको आचार्यले बताए । महाअभियानका प्रवक्ता रामविकास चौधरीले नियुक्ति बदर नगरे तिहारपछि आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

सुझावित समाचार