अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री कतार जाँदै

शुक्रबार, २० कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू)को महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन्।

७ देखि १३ नोभेम्बरसम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र अर्का एक अधिकारीसमेत सहभागी हुनेछन्।

आइटियू संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विशिष्टीकृत संस्था हो। यसले विश्वव्यापी दूरसञ्चार मापदण्ड निर्धारण, रेडियो फ्रिक्वेन्सी तथा भूउपग्रह कक्षको अन्तर्राष्ट्रिय समन्वय र डिजिटल कनेक्टिभिटी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

प्रत्येक चार वर्षमा आयोजना हुने आइटियूको महासम्मेलन संस्थाको सर्वोच्च नीति निर्धारण गर्ने सम्मेलन हो। यसले संघको आगामी कार्यदिशा, रणनीतिक प्राथमिकता र नेतृत्व निर्धारण गर्दछ।

महासम्मेलनका क्रममा हुने आइटियूको उच्च व्यवस्थापन टोली, परिषद्का सदस्य राष्ट्र तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचनमा नेपालले सहभागिता जनाउँदै मतदान गर्नेछ।

सुझावित समाचार