न्यायाधीश फुयाल​​​​​​​ले इजलास छाडेनन्, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं । आचरणसम्बन्धी गम्भीर विवादमा पर्दा पनि सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालले छानबिनका लागि इजलास छाडेका छैनन् । बिहीबार पत्रकारले उनलाई ‘छानबिन नसकिँदासम्म इजलासबाट बाहिर बस्दा पनि राम्रो हुन्छ भन्ने प्रतिक्रिया देखिन्छ, त्यस विषयमा पनि केही विचार गर्नुभएको छ कि’ भनेर राखेको जिज्ञासामा उनले इजलास नछाड्ने बताए ।

उनले भने, ‘मैले गल्ती गरेको होइन, अझ मलगायत सल्लाह गरेरै हामीले यस्तो धेरै भयो भनेर कम्प्लेन गरेको हो । यसमा बाहिरिने, इजलास नबस्ने भन्ने कुरै हुँदैन ।’ यस विषयमा न्याय क्षेत्रमा भने गम्भीर छानबिनको माग उठेको छ । नेपाल बार तथा कानुनविद्हरूले न्यायालयको शुद्धीकरणका लागि छानबिन गर्नर्पुर्ने भनेका छन् ।

उता, न्यायालय नै विवादमा तानिएपछि प्रधानन्यायाधीश मनोजकुमार शर्माले शुक्रबार फुलकोर्ट बैठक बोलाएका छन् । यस प्रकरणले न्यायालयमाथि प्रश्न उठेको र न्यायाधीश फुयालले यस प्रकरणमा अन्य न्यायाधीशलाई पनि तान्ने प्रयास गरेपछि बैठक बस्न लागेको हो ।

सुझावित समाचार