देशभरका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका २३ अधिकृतको जिम्मेवारी खोसिएको छ। संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएको हो।
मन्त्रालयले ९ माघमा गरेको निर्णयअनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ।
पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए।