मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
फाइल तस्बिर
सौरभ यादव राजविराज
२o८१ माघ १० बिहीबार १४:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितले फेरि आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १४:२८:oo

सरकारले मिटरब्याजपीडितको मागप्रति बेवास्ता गरेको भन्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालले पुनः आन्दोलनका  कार्यक्रमहरू घोषणा गरेको छ।

आन्दोलनका कार्यक्रमअन्तर्गत माघ १४ गतेदेखि जनकपुरधामबाट एकमहिने आन्दोलन गर्ने मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका प्रवक्ता निर्ग नवीनले जानकारी दिए।

सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न कुनै काम अघि नबढाएको नवीनले बताए। उनले भने, ‘यो सरकारको मिटरब्याजपीडितहरूको समस्या समाधान गर्ने नियत छैन। बाध्य भएर तेस्रो आन्दोलन सुरु गर्दै छौँ।’

मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोग आफैँ अलपत्र परेको छ। आयोगको म्याद सकिएको साढे तीन महिना हुँदा पनि म्याद थप नहुँदा काम प्रभावित भएका छन्।

मिटरब्याजपीडितहरूसँगको सहमतिपछि दोस्रो आयोगको रूपमा ०८० चैतमा सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो। गत १५ असोजसम्म म्याद रहेको आयोगले काम पूरा गरेको छैन। 

सरकारले आयोग अलपत्र पारेको छ। म्याद गत १५ असोजसम्म थियो। तर, सरकारले न आयोगको म्याद थप्यो न कुनै विकल्प अपनाएको छ।

छुटाउनुभयो की ?