मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
रासस भैरहवा
२o८१ माघ १० बिहीबार १५:१७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चौपाया छाडा छाड्नेलाई सात हजार जरिवाना

Read Time : < 1 मिनेट
रासस, भैरहवा
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १५:१७:oo

चौपाया जथाभावी छाडा छोड्नेलाई सिद्धार्थनगर नगरपालिकाले जरिवाना तिराउन सुरु गरेको छ। छाडा चौयापा नियन्त्रण र व्यवस्थापन अभियान सुरु गरेको नगरपालिकाले चौपायाधनीलाई पहिलोपटकमा सात हजार जरिवाना तिराएको हो।

नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत हप्तादेखि अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत हालसम्म ७८ वटा गाईगोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जानकारी दिए।

‘छाडा चौपाया आफ्नो भनी दाबी गर्न आएका दुईजनालाई रु. सात हजारका दरले जरिवाना गरेर गाई जिम्मा लगाएका छौँ,’ यादवले भने, ‘छाडा चौपाया नियन्त्रणका लागि स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलोपटकलाई सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो।’

गत वर्ष नवलपरासीको गौशालामा चौपाया व्यवस्थापन गरेको नगरपालिकाले हाल कपिलवस्तुको वाणगंगा नगरपालिका– २ मा रहेको गौशालामा चौपाया व्यवस्थापन गर्न थालेको छ । छाडा चौपायाले सडकमा जाम गर्नुका साथै बालीनाली खाइदिन थालेपछि छाडा चौपाया व्यवस्थापन अभियान थालिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बताए।

गाई पाल्ने किसानले बाच्छो जन्मेको केही दिनमै माउसँग छुटाउने र बजारमा छाडिदिने, दुध दिन छाडेपछि गाईलाई घरबाट लखट्ने गरेकाले नगरमा छाडा चौपायाको समस्या हुने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए।

छुटाउनुभयो की ?