मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
फाइल तस्बिर/नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार ११:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार ११:२४:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन्। लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको छ । बुटवलको सुप्रिम सहकारी मुद्दामा प्रतिवादी बनाइएका उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुन मंगलबार काठमाडौंबाट बुटवल आइपुगेका थिए । 

सरकारी वकिल कार्यालयले सुप्रिमको मुद्दामा आइतबार रविसहित १४ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको थियो । सुरुमा उक्त सहकारीको बचत अपचलन गरेको अभियोगमा २२ जनाविरुद्ध मात्र सहकारी ठगी मुद्दा दर्ता गरिकोमा रविसहितको नाम जोडिएपछि संगठित अपराधसमेत गरी पूरक अभियोग लगाइएको छ । 

लामिछानेको नाममा नक्कली ऋणी खडा गरी सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेको थियो । समितिले यसमा लामिछानेको संलग्नता नदेखिएको जनाएको थियो । 

लामिछाने यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले ६० लाख धरौटीमा छाेडेको थियो । त्यसअघि सूर्यदर्शन सहकारीको मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो ।