नवलपुरमा सशस्त्र प्रहरीको टोलीले आज २५४ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नवलपुरको गैँडाकोट नगरपालिका– १० पितौजीमा नेपालबाट भारततर्फ जाँदै गरेको जेएच ०२ यू ७०५० नम्बरको भारतीय ट्रकमा लुकाइछिपाई राखेको २० प्याकेट (२५४ किलो ५४ ग्राम) गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गुल्म पितौजीले जनाएको छ।
भारतको उत्तर प्रदेश जिल्ला अलिगण विजयगण गाउँ बस्ने ४० वर्षका पुष्कल यादवलाई पनि सशस्त्रले पक्राउ गरेको छ। बरामद गाँजासहित ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ।