मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

कुलमान घिसिङलाई हटाउन सरकारले गरिरहेको प्रयास गलत : नेता कोइराला

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १३:oo:oo

सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सरकारले गरिरहेको प्रयास गलत भएको टिप्पणी गरेका छन्।

बुधबार विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सरकारको गलत निर्देशनकै कारण अहिलेसम्म डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल नउठेको दाबी गरे।

महसुल नतिर्ने उद्योगको विद्युत् नकाट्नू र बक्यौता पनि उठाउनू भन्ने सरकारको निर्देशन नै गलत भएको उनले बताए। उक्त बक्यौता उठाउनुपर्नेमा जोड दिँदै कोइरालाले बक्यौता उठाउने प्रयास गरिरहेका घिसिङलाई सरकारले खेद्नु गलत भएको प्रस्ट पारे।

बहुमतको सरकारले संसद् छलेर अध्यादेश ल्याएको विषयमा पनि डा. कोइरालाले आपत्ति जनाए। उनले भने, ‘संसद् नचलेको वेला र देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने हो, तर कांग्रेस–एमालेको बलियो सरकार बनेका वेला पनि अध्यादेश आउनु गलत हो।’