मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ माघ ९ बुधबार १२:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले अत्यावश्यक समयमा अध्यादेश ल्याउने प्रावधान दुरुपयोग गर्‍याे : शेखर कोइराला

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार १२:४१:oo

सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अत्यावश्यक वेला अध्यादेश ल्याउन पाउने संवैधानिक प्रावधानको दुरुपयोग गरेको टिप्पणी गरेका छन्।

बुधबार विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले सरकारले अत्यावश्यक समयमा अध्यादेश ल्याउन पाउने संवैधानिक प्रावधानको दुरुपयोग गरेको बताएका हुन्।

‘संसद् नचलेको वेला र देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने हो, तर कांग्रेस–एमालेको बलियो सरकार बनेका वेला पनि अध्यादेश आउनु गलत हो,’ उनले भने। कांग्रेस र एमालेको भारी बहुमत संसदमा भएको वेला संसदबाट ऐन बनाउनुपर्नेमा अध्यादेशको शासन निरंकुशताको पहिलो कदम भएको कोइरालाले टिप्पणी गरे। 

अध्यादेशको विषयवस्तुभन्दा पनि प्रक्रियाले अर्थ राख्ने उनले स्पष्ट पारे। ‘सरकारले ल्याएको अध्यादेशभित्रका कन्टेन्टहरू खराब नभए पनि संसदबाट गर्नुपर्ने काम अध्यादेशबाट गर्नु गलत हो,’ उनले भने।

अर्को प्रसंगमा डा. कोइरालाले सबै दललाई समेटेर मात्र संविधान संशाेधन गरिनुपर्ने बताए। उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न सक्ने अवस्था पनि छैन र हुँदा पनि हुँदैन । यसैले सबैलाई समेटेर मात्रै संशोधन गर्न सकिन्छ।’