मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ८ मंगलबार १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नक्कली प्रमाणपत्रका आधारमा १४ वर्षदेखि पढाउँदै आएका शिक्षक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १३:o२:oo

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी १४ वर्षदेखि पढाउँदै आएका शिक्षक पक्राउ परेका छन्। त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। उनी काभ्रे उमावि बुडोलमा पढाउँदै आएका थिए। 

श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनका शैक्षिक योग्यताको प्रमाणपत्रहरूसम्बन्धी अनुसन्धान गर्दा ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनी त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भएपश्चात् प्रहरीले उनलाई काभ्रेपलाञ्चाेक धुलिखेल नगरपालिका– ५ स्थित घरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले बताए। किर्ते मुद्दामा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ।