नेप्से परिसूचकमा मंगलबार झिनो अंकको सुधार देखिएको छ । परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ को विन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६९ हजार ८४० पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ समूह ०.३५, वित्त १.०३, जलविद्युत् ०.९२, म्युचुअल फन्ड ०.४८ र व्यापार समूह २.१० प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।
विकास बैंक ०.१९, होटेल तथा पर्यटन ०.७८, लगानी ०.७४, जीवन बिमा १.१० र उत्पादन तथा प्रशोधन ०.८९ प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्त ०.०३, निर्जीवन बिमा १.७८ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ८.९६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु. २३ करोड ७६ लाख ३५ हजारबराबरको सेयर खरिद–बिक्री भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको चार लाख ७५ हजार नौ सय कित्ता सेयर किनबेच भएको छ।