गुल्मीको पुर्कोटदहमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका-६ पनाहा बस्ने बिने सार्कीको श्रीमती करिब ६० कि हुमी सार्कीको लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पुर्कोटदह बजार देखि घर तर्फ फर्कने क्रममा मदाने गाउँपालिका-६ स्थित सल्लेपाटा बाटोबाट लदेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।
अहिले इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी सहायक निरीक्षक बेगम खड्का र प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा SOCO सहित ५ जनाको टोलीले घटनास्थल प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।