मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडौैं
२o८१ माघ ८ मंगलबार २o:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सगरमाथा आरोहण गर्ने इन्सपेक्टर पौडेल सम्मानित, डिएसपी रिजाललाई बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार २o:o३:oo

२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी अधिकारीहरू पुरस्कृत भएका छन् ।

सगरमाथा आरोहण गर्ने इन्सपेक्टर सुरज पौडेललाई  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सम्मानित गरेका छन्। पौडेल सगरमाथा आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी कर्मचारी हुन्।   गत ७ जेठ २०८१ मा उनले सशस्त्र प्रहरी बल, नेपाल र संयुक्त राष्ट्रसंघको झन्डा बोकेर सगरमाथा आरोहण गरेका थिए। 

संगठनको छवी उच्च बनाउनुका साथै  उनको सो विशिष्ट कार्यले विश्वको सबैभन्दा अग्लो अन्तर्राष्ट्रिय सीमानामा समेत संगठनको उपस्थिती तथा अनुगमनको सन्देश प्रवाह आधारमा उनलाई सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।  

 यो वर्ष ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड’ प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी) सुरज रिजाललाई प्रदान  गरिएको छ। गुल्मपतिका रुपमा सबैभन्दा धेरै राजश्व संकलन गरेका आधारमा उनी पुरस्कृत भएका हुन्। 

 कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतीमा अक्षय कोष खडा गरी दुई वर्षअघि सो पुरस्कार स्थापना गरिएको थियो। २५ हजार रुपैयाँ राशीको पुरस्कार उच्च व्यवसायिकता प्रदर्शन गर्ने प्रहरी अधिकृतलाई प्रदान हुने गरेको छ । 

यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरे एपीएफ कला, साहित्य सम्मान तथा एपीएफ ‘आइजिपी कमेन्डेसन’बाट पुरस्कृत भएका छन्। सांगितिक क्षेत्रमा उनी गैर सुरेशका नामले परिचित छन्। 

यसैगरी सह–प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापा एपीएफ दिवसको अवसरमा तेश्रो पटक पुरस्कृत भएका छन् । २४औँ सशस्त्र प्रहरी दिवसमा डिएसपी थापा एपीएफ ‘आइजिपी कमेन्डेसन’बाट  बाट पुरस्कृत भएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं. ३३ त्रियुगा गण जुम्ला दरबन्दी भई नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार किरण बहादुर भण्डारीलाई ‘वर्ष जवान’ घोषित भएका छन्। 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणका क्रममा देशभरका इकाईहरुबाट यस वर्ष सर्वोत्कृष्ट इकाई हुन सफल सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. २१ दक्षिणकाली गण ललितपुर, नं ३० गुल्म स्याङजा र मद्दत तथा सेवा गुल्म मकवानपुरलाई ‘रनिङ’अवार्ड’ प्रदान गरिएको छ। 
२४ औं स्थापना दिवसको मूल कार्यक्रम सशस्त्र प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार मनाउँदैछ।