राजेन्द्र महतो अध्यक्ष रहेको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ दल निर्वाचन आयोगमा दर्ता भएको छ। गत कात्तिक ९ गते दल दर्ताका लागि निवेदन दिएकोमा आयोगले आज मंगलबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
लोसपासँग असन्तुष्ट भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका महतोले गत असोज १ गते नयाँ पार्टी घोषणा गरेका थिए।
‘स्वदेशवाद, सांस्कृतिक राष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तमा आधारित बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निम्ति’ दल दर्ता गरेको महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।