Skip This
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण रोकिँदैन : मुख्यमन्त्री तामाङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
रासस चितवन
२o८१ कार्तिक ९ शुक्रबार १४:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण रोकिँदैन : मुख्यमन्त्री तामाङ

Read Time : > 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १४:५४:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने बताएका छन्। शुक्रबार रंगशालाको अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रंगशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारे।

उनले भने, ‘प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा रंगशाला निर्माण सुरु गरिएको रहेछ।  बहुवर्षीय योजनालाई उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिनेछ। हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै–थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ। म आइसकेपछि त्यस्तो नगरी तीन वर्षमा सिध्याउने हो भने त्यसअनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु।’

बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए। पहिलेको तुलनामा काम प्रभावकारी रूपमा भएको उनको भनाइ थियो। नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनको दाबी छ।

अनुगमनका क्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका क्रममा बजेटको सुनिश्चितता प्रदेश सरकारले गरेको बताइन्। यो नमुना परियोजनाको रूपमा काम भइरहेको उनले बताइन्। कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसुर बाँकी नराख्ने उनको भनाइ थियो। 

गत असार २३ गते रंगशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक बिबिआर जेभीबिच दुईपक्षीय सम्झौता भएको हो। रु. ७८ करोड ५० लाख ९१ हजार १८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो। ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो। सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उनले बताए।

एउटा टावरमा ग्राउन्ड निर्माणको काम भइरहेको छ भने अर्को टावरमा फाउन्डेसन निर्माणको काम भइरहेको छ। तिहारअघि ढलान भ्याउने गरी काम भएको उनले बताए। रंगशाला निरीक्षणमा बागमती प्रदेश सभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो।