Skip This
सरकारलाई प्रभावकारी बनाउन सत्तागठबन्धनले सार्वजनिक गर्‍याे साझा दृष्टिकोण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई प्रभावकारी बनाउन सत्तागठबन्धनले सार्वजनिक गर्‍याे साझा दृष्टिकोण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १७:३६:oo

सत्तारूढ गठबन्धनले सरकारलाई थप प्रभावकारी बनाउन साझा दृष्टिकोण सार्वजनिक गरेको छ। मुलुक चरम आर्थिक संकटमा रहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको भन्दै शुक्रबार बसेको सत्तारूढ दलहरूको बैठकले  साझा दृष्टिकोण तय गरेको हो।

‘सरकारको नीति, कार्यक्रम र बजेट पूर्ववर्ती सरकारको पालामा नै पारित भइसकेको स्थितिमा बनेको वर्तमान सरकारले राजनीतिक र प्रशासनिक पहलकदमीका माध्यमबाट मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्त्वपूर्ण कदम अघि बढाएको छ,’ गठबन्धनका सात दलले जारी  गरेको विज्ञप्तिमा उल्लेख छ।

एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सरकारले सम्पन्न गरेका र थालनी गरेका राम्रा कामहरूको स्वागत गर्दै बाँकी अवधिका लागि सरकारले तय गरेका कामका योजना प्रभावकारी ढंगले सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस्तो छ सत्तारूढ दलका साझा दृष्टिकोण :