Skip This
बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ९ शुक्रबार १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १३:५६:oo

बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।  साथै उनीहरूले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्रीनिवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युतगृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिकालाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पीडित परिवारले आग्रह गरेका छन् । 

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दीपा बानियाँ र ललितबहादुर घलानले संयुक्त रूपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद भएको उल्लेख गर्दै यसबारे यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाए । उनले  पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे। 

भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।