१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विशिष्टीकृत न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १३:५२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विशिष्टीकृत न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका छन्। सरकारी स्तरबाट स्नायु रोग उपचारका लागि विशिष्टीकृत न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न मन्त्रीस्तरीय निर्णयमार्फत सम्भाव्यता अध्ययन समिति गठन भएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डा. गोपाल सेढाईं संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजीव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिस्टका प्रतिनिधि र अमेरिकाको जाकोल्स स्कुल अफ मेडिसिन एन्ड बायोमेडिकल साइन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य रहेका छन्।  मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन्।

न्युरोसँग सम्बन्धित रोगको भार बढिरहेको अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाऊन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न समिति गठन भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।