१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली सरकारको सय दिन विपक्षीलाई दबाउन र भ्रष्टाचारी जोगाउन सीमित : प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १५:o३:oo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सीमित रहेको टिप्पणी गरेका छन्। 

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेर असफल भएको दाबी गरे। सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए।

‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो। विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो। बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार सहयाेगी हाेइन, पीडित जनताका लागि नै बोझ बनेको देखियो। जनतालाई उत्साहभन्दा पनि निराशा बनाउने काम गर्‍याे। देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो। सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ,’ उनले भने।

आफूसमर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको आरोप लगाउँदै साहले विपक्षमा रहेका पालिकाहरूमा ‘सरुवाआतंक मच्चाउने’ काम भएको टिप्पणी गरे।