१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
सौरभ यादव राजविराज
२o८१ कार्तिक ७ बुधबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार गरी भिडियो बनाएर पटकपटक यौनहिंसा, २८ वर्षीय युवक पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १६:३२:oo

रेस्टुरेन्टमा काम गर्न राखेकी महिलालाई बलात्कार गरी भिडियो बनाएर धम्क्याएको आरोपमा सप्तरीको राजविराजमा एक रेस्टुरेन्ट सञ्चालक पक्राउ परेका छन्।

राजविराज नगरपालिका– ४ स्थित ‘तन्दुरी रेस्टुरेन्ट’का सञ्चालक २८ वर्षीय आकाश आदर्श भनिने आकाश साहलाई प्रहरीले पक्राउ गरेको हो। उनले आफ्नै रेस्टुरेन्टमा काम गर्ने महिलालाई बालात्कार गरी भिडियो बनाएर सोही भिडियो देखाउँदै पटकपटक यौनहिंसा गरेको अभियोग रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतका अनुसार बिरामी भएर आफ्नै कोठामा आराम गरिरहेकी महिलालाई साहले मुख थुनेर बलात्कार गरी भिडियो बनाएका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने भन्दै युवकले पटकपटक यौनहिंसा गर्दै आएको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ।

पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले युवकलाई उनको घर राजविराज– ६ थानगाछीबाटै पक्राउ गरेको हो। घटनाको अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।