१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १५:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री लामा र प्रदेश नीति आयोगका उपाध्यक्षबिच कार्यसम्पादन करार सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १५:५६:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालबिच कार्यसम्पादन करार सम्झौता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा बुधबार मुख्यमन्त्री लामाले चालू आर्थिक वर्ष ०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमहरूको कार्यसम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।

प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो।

सम्झौतापछि मुख्यमन्त्री लामाले पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटीको अन्त्य गरी आयोजना बैंकमार्फत योजना छनोट गर्न आयोगले काम गर्नेमा प्रदेश सरकार विश्वस्त रहेको बताए।

यसैगरी आयोगका उपाध्यक्ष डा. नेपालले आयोजना बैंक स्थापना र लगानी सम्मेलनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यसअघि गत २६ भदाैमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।