१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १५:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १५:o९:oo

सिद्धार्थ बैंक र दुसित थानी हिमालयन रिसोर्ट प्रालि, धुलिखेलबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्। यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

यस समन्वयबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न ०१–५९७००२० वा [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।