१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ७ बुधबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पाको लुङ्ग्रीमा बोलेरो दुर्घटना, दुईदिने शिशुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १४:५३:oo

रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका– ४ कागडाँडामा डबलक्याब बोलेरो दुर्घटना भएको छ। लु.३च १६५६ नम्बरको बालेरो बुधबार बिहान ५ बजेतिर दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु भएको छ।

रोल्पाको लुङ्ग्री गाउँपालिका– १ छिउधरनिवासी अमृत रोकाको दुईदिने छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा बोलेरो दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।