१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
२o८१ कार्तिक ७ बुधबार १२:३o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्लास्टिकका फूलमाला रोक्न कावासोतीमा अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार १२:३o:oo

तिहारलाई लक्षित गरी आउने प्लास्टिकका फूल र फूलमाला रोक्न कावासोती नगरपालिकाले नगरपालिकाभित्रका पूजा सामग्री पसलहरूको अनुगमन गरेको छ।

तिहार नजिकिँदै गर्दा प्लास्टिकका मालाहरू बढी बिक्री हुने र त्यसले स्थानीय स्तरमा उत्पादित फूलका माला बिक्री कम हुने भएकाले त्यसलाई रोक्न नगरपालिकाले अनुगमन गरेको हो।

नगरपालिकाले यसअघि सूचना नै जारी गरेर नगरपालिकाभित्र कुनै पनि प्लास्टिकजन्य फूल तथा फूलका माला बिक्री–वितरणमा रोक लगाएको थियो। नगरपालिकाले बिक्री–वितरणमा रोक लगाए पनि व्यापारीहरूले भने खुल्लमखुल्ला बिक्री गर्न राखेका थिए।

अनुगमनका क्रममा प्लास्टिकजन्य फूल–माला देखिए कारबाही गर्ने गरी सचेत गराएर छाडिएको कावासोती नगरपालिका अनुगमन शाखाका प्रमुख डा. टेकराज पौडेलले बताए।

अनुगमनको क्रममा म्याद नाघेका तेल, उत्पादिन मिति र कम्पनीको नाम नभएका मिठाई, कुहिएका नरिवल जफत गरेर नष्ट गरिएको छ। अनुगमनमा टोलीमा सहभागी पर्यटन तथा घरेलु कार्यालय नवलपुरका प्रमुख टेकबहादुर मौनीले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका र अखाद्य वस्तु नष्ट गरिएको तथा ट्याग लगाएका सामग्रीहरू मात्र बिक्री गर्न सचेत गराइएको बताए।