Skip This
दसैँ बिदामा पनि प्रेस काउन्सिलले मिडिया नियमनलाई निरन्तरता दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार २२:५६:oo
Read Time : < 1 मिनेट
समाचार

दसैँ बिदामा पनि प्रेस काउन्सिलले मिडिया नियमनलाई निरन्तरता दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २२:५६:oo

प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तरता दिने भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै काउन्सिलले दसैँ बिदाको समयमा आएका उजुरी, गुनासामा अनुगमन र सुनुवाइ हुने जानकारी गराएको हो । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।

काउन्सिलले चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतंकलाई प्रश्रय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियाकर्मीले हरसमय तथ्यपूर्ण, मर्यादित र जिम्मेवार पत्रकारिता गर्नुपर्ने भएकाले काउन्सिलले बिदाको अवधिमा समेत नियमनको काम जारी राख्ने निर्णय गरेको बताए । काउन्सिलले भ्रामक, अश्लील एवं अमर्यादित, वैयक्तिक गोपनीयता प्रतिकूलका सामग्री सम्प्रेषण नगर्न÷नगराउन सञ्चारकर्मी, आमपत्रकार एवं सञ्चार माध्यमअन्तर्गत रहेका युट्युब च्यानललगायत सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रहसमेत गरेको छ ।