Skip This
मकवानपुरमा तीनवटा सवारीसाधन ठोक्किँदा २८ यात्रु घाइते, ६ को अवस्था गम्भीर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार २१:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा तीनवटा सवारीसाधन ठोक्किँदा २८ यात्रु घाइते, ६ को अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २१:२५:oo

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ४ स्थित गोल्फिनबेँसीमा काठमाडौंबाट जनकपुर जाँदै गरेको बा. ३ ख २७२३ नम्बरको मिनीबस दुर्घटना भएको हो। 

गम्भीर घाइते ६ सहित आठजनालाई थप उपचारका लागि चितवन पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए। दुर्घटनामा परेका कसैको पनि पहिचान खुलेको छैन। 

हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा. २ज ९८३ नम्बरको ट्याक्सी र बस आपसमा ठोक्किएर बा. २ज ८० नम्बरको अर्को ट्याक्सीसँग ठोक्किएपछ बस सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रवक्ता अर्यालले बताए।