Skip This
इन्स्पेक्टर शाहीविरुद्ध समेत अनुसन्धान गर्न सिफारिस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार २२:४९:oo
Read Time : < 1 मिनेट
समाचार

इन्स्पेक्टर शाहीविरुद्ध समेत अनुसन्धान गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २२:४९:oo

ललितपुरको भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुली गरेर छाडिएको घटना प्रभागकी तत्कालीन प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि समेत फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस भएको छ । पूर्वयोजनादेखि नै इन्स्पेक्टरको संलग्नता देखिएपछि आपराधिक लाभ मुद्दामा अनुसन्धान गर्न सिफारिस भएको हो । 

जिल्ला प्रहरी परिसर, ललितपुरका डिएसपी नरहरी अधिकारी नेतृत्वको छानबिन समितिले इन्स्पेक्टर शाहीसहितका प्रहरीमाथि कारबाही सिफारिस गरेको छ । समितिले बुधबार इन्स्पेक्टर शाहीको मिलेमतो नै रहेको भनेर प्रतिवेदन दिएको हो । हाल प्रहरीले उक्त घटनामा संलग्न तीनजनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । 

सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरूले इटहरीकै एक व्यवसायीलाई भैँसेपाटीमा भेट्न बोलाएर प्रहरी लगाई थुनाएर ३० लाख असुलेका थिए ।प्रारम्भिक छानबिनमै इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएपछि उनलाई प्रभागबाट हटाएर निलम्बन गरिएको थियो । कुटपिटको उजुरी दिन लगाएर पैसा असुलिएको तथा पीडितको गाडी छाड्नसमेत उनले पैसा लिएको खुलेको छ । इन्स्पेक्टर शाहीले केही प्रमाणसमेत नष्ट गरेकी थिइन् । उनले छानबिन समितिमा बयानसमेत दिन नमानेको स्रोत बताउँछ । 

साथै, यो घटनामा एक एसपीको समेत भूमिका संदिग्ध भएको भन्दै उनीमाथि थप अनुसन्धानका लागि समेत सिफारिस भएको छ । एसपी र गिरोहका नाइके इस्लामबिच घनिष्ट सम्बन्ध रहेको र घटनाकावेलामा पनि उनीहरूबिच बारम्बार भेट भएको समेत खुलेको छ ।