१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण अन्यन्तै उपलब्धिपूर्ण : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १४:२२:oo

नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ।

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको भ्रमणले नेपालको प्रतिष्ठा वृद्धि गरेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

बैठकपछि पोखरेलले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो । औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ। त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ।’

बैठकले नेपाल सरकारको प्राकृतिक विपत् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णयसमेत गरेको छ।