१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको राहत कोषमा ५० लाख दिने एमालेकाे निर्णय

उद्धार, राहत र स्वयंसेवामा लाग्न प्रधानमन्त्रीको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १३:oo:oo

नेकपा (एमाले)को आज मंगलबारको सचिवालय बैठकले रु. ५० लाख नेपाल सरकारको प्राकृतिक विपत् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रूपमा रु. एक अर्ब उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो। एमाले सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन्।