१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार १३:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मिस्टर चितवनको उपाधि मानन्धरलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १३:o४:oo

राजकुमार मानन्धरले मिस्टर चितवनको उपाधि जितेका छन्। चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सम्पन्न ‘प्रथम मिस्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’मा पाँच छुट्टाछुट्टै वेट क्याटागोरी विजेता (गोल्ड मेडलिस्ट)हरूलाई फाइनल प्रतिस्पर्धामा उतारेर विजेता छनोट गरिएको हो।

पाँच प्रतिस्पर्धीबिच भएको प्रतियोगितामा मानन्धरले एक लाख ५० हजार रुपैयाँसहितको उपाधि हात पारेका हुन्। प्रतियोगिताको ओभरअल विजेतालाई नगदसहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको छ।

त्यस्तै, महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगितातर्फकाे उपाधि एलिना सुनारले हात पारेकी छिन्। उनले ५० हजार नगदसहित उपाधि हात पारिन्। प्रतियोगिताअन्तर्गत ५५ केजी क्याटागोरीतर्फ १३ प्रतियोगीमध्ये राजकुमार मानन्धर प्रथम, छेसङ तामाङ द्वितीय, रामबहादुर गुरुङ तृतीय, महमद बेलाल मियाँ ठकुराई चौथो र साइधुल मियाँले पाँचौँ स्थान हासिल गरेका छन्।

६० केजी क्याटागोरीतर्फ नाै प्रतिस्पर्धीमध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्वितीय, सुमन तामाङ तृतीय, विकेशकुमार शाह चौथो र जितेन्द्रकुमार शाहले पाँचौँ स्थान हासिल गरे। त्यस्तै, ६५ केजी क्याटागोरीमा चार प्रतिस्पर्धीमध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ द्वितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गरे। ७० केजी वेट क्याटागोरीमा चार प्रतिस्पर्धीमध्ये सुर्जे सुनार प्रथम, वीरेन्द्र अधिकारी द्वितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महताेले चौथो स्थान हासिल गरे।

७५ केजी वेट क्याटागोरीमा तीन प्रतिस्पर्धीमध्ये इन्द्रबहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्वितीय र क्याप्टेन रुद्रीवीर क्षेत्रीले तृतीय स्थान हासिल गरे। प्रतियोगिताअन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरूबिच मास्टर वेट खुला पुरुषतर्फ तीनजना प्रतिस्पर्धीहरूमध्ये द्रोपद श्रेष्ठ प्रथम हुँदा क्याप्टेन रुद्रीवीर क्षेत्री द्वितीय र मानप्रसाद गुरुङले तृतीय स्थान हासिल गरे।

महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगितातर्फ पाँच प्रतिस्पर्धीमध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्वितीय, सुजता सुनार तृतीय, बिबिसा ओली चौथो र सरिता चौधरीले पाँचौँ स्थान हासिल गरेका छन्।

प्रत्येक वेट क्याटागोरीका विजेता (गोल्ड मेडलिस्ट)लाई रु. ३० हजार, फर्स्ट रनरअप (द्वितीय)लाई २० हजार र सेकेन्ड रनरअप (तृतीय) हुनेलाई रु. १० हजारसहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर,  ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिता (महिलातर्फ)को विजेतालाई रु. ५० हजार, फर्स्ट रनरअपलाई रु. २५ हजार र सेकेन्ड रनरअपलाई १५ हजारसहित ट्रफी, मेडल र अन्य गिफ्टह्याम्पर प्रदान गरिएको चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्रतापकाजी बरिया र निर्णायकहरू दिनेशकुमार राजभण्डारी, अनिलकृष्ण श्रेष्ठ, केशवबहादुर शाक्य, राजकुमार श्रेष्ठ, बुद्धिजंग कार्की, राजेश भेटवाल, श्रीकृष्ण कर्माचार्य, शिव कार्की रहेका थिए ।