१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ असोज १५ मंगलबार o७:१९:oo
Read Time : < 1 मिनेट
अर्थ

इन्फिनिक्सको चाडबाड योजनामा स्कुटर जित्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o७:१९:oo

स्मार्ट फोन ब्रान्ड इन्फिनिक्सले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी ‘इन्फिनिक्स दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकले भेस्पा एलिगेन्ट १५० स्कुटर, इन्फिनिक्स हट ४०आई स्मार्ट फोनलगायत अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् । 

कम्पनीले चाडबाडलाई लक्षित गर्दै ल्याएको यस अफरले ग्राहकलाई उत्साह बढाउने जनाएको छ । २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म लागू हुने अफर देशभरका आधिकारिक इन्फिनिक्स विक्रेताबाट उपलब्ध हुने बताइएको छ ।

अफरमा सहभागी हुन ग्राहकले २७ सेप्टेम्बरदेखि ३ नोभेम्बरसम्म जुनसुकै आधिकारिक विक्रेताबाट स्मार्ट फोन खरिद गरी स्टोरमा उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो आइएमइआई नम्बर दर्ता गर्नुपर्नेछ ।

इन्फिनिक्स स्मार्ट फोन खरिद गर्ने ग्राहकले ‘स्पिन एन्ड विन ह्विल’मार्फत रोमाञ्चक पुरस्कार जित्नेछन् ।