१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार o७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१०१ वर्षामापन केन्द्रमा नाघ्यो सतर्कता तह, आज दिनभर वर्षा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o७:५३:oo

बिहीबारदेखिको भीषण वर्षा शनिबारसम्म पनि कायमै छ। काठमाडौं उपत्यकासहितका क्षेत्रमा निरन्तर झरी परिरहेको छ। देशका धेरैजसो क्षेत्रमा अहिले पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरका सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा  सतर्कता तहभन्दा बढी वर्षा भएको छ। विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मिमिभन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोका लागि अलर्ट जारी गर्ने गर्दछ। २४ घन्टामा पाल्पाको अर्चेलीमा ३५२.२ मिलिमिटर वर्षा भएको छ, जुन अत्यधिक वर्षा हो।

अर्घाखाँचीमा २३३, तनहुँमा २५७, चितवनमा २८८, धादिङको गजुरीमा २६१, मकवनपुरमा ३३०.४, काभ्रेमा ३१५ र  लेलेमा २८९ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, सिन्धुलीमा १८८, धनकुटामा १९१, झापामा २९४ र इलाममा १७२ मिलिमिटर वर्षा भएको छ।

शनिबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने देखिन्छ। कर्णाली र सुदूरपश्चिममा भने  केही स्थानमा वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थान भारी वर्षाको पनि सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक/दुई स्थानहरुमा अति भारी वर्षाको चेतावनी दिइएको छ।

आइतबार मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको आकलन छ।