१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
२o८१ असोज ११ शुक्रबार १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिशूली नदीमा फसेका तीनमध्ये एउटा टिपर बाढीले बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १९:३२:oo

त्रिशूली नदीले एउटा टिपर बगाएको छ। नदीमा तीनवटा टिपर र तीनवटै एक्स्काभेटर फसेकोमा बाढीले एउटा बगाएको हो। स्थानीयले दिएको जानकारीअनुसार चालकसहित कामदारहरू भने सुरक्षित छन्।

सुपर त्रिशूली जलविद्युत् आयोजनाले गोरखाको गण्डकी गाउँपालिका– १ बुटारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सोही क्रममा त्रिशूली नदीलाई दुई भंगालो बनाएर काम गरिरहेको अवस्थामा अविरल वर्षाले नदीमा बाढी उर्लिँदा भंगालो बगाएपछि सवारीसाधन निकाल्न नमिलेको हो।