१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ११ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ढोरपाटनका फरार मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १५:५o:oo

इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली दिल्ली विमानस्थलमा पक्राउ परेका छन्। इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो।

इन्टरपोलसँगकाे समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताए ।

एक हजार ४८१ बचतकर्ताको उजुरीका आधारमा प्रहरीले एक अर्ब ३३ करोड ९२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सरकारी वकिलको कार्यालयमार्फत  ०८० असारमा मेयर नेपालीसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो। यो मुद्दा हाल बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।