
फुरुंगा हाइड्रोपावरमा काम गर्ने चार जना मजदुर बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ। खोलामा आएको बाढीका कारण बगाएर बेपत्ता भएको प्रहरीले बताएको छ ।
बेपत्ता हुनेमा फिदिन नगरपालिका १ निवारी वर्ष ५० का कृष्ण दास, दासकै श्रीमती वर्ष ४० की कमला दास, सोही ठाउँ निवासी ५५ वर्षका धनकुमार तुम्बाहाम्पो र फिदिम १ कै राजेश तुम्बाहाम्फो र उनकी श्रीमती २१ वर्षकी सरस्वती तुम्बाहाम्पो बेपत्ता भएको पाँचथर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रुपेश तामाङले बताए ।
बाढीमा परी फिदिम नगरपालिका १ सागाबोटे निवासी ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । उनी पनि फुरुंगा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।