१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १२ शनिबार o९:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरो बढेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o९:४६:oo

गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक डाकेका छन् ।

उनले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनुका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।

केन्द्रीय सुरक्षा समितको बैठक शनिबार बिहान १०:३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।