१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
सौरभ यादव राजविराज
२o८१ असोज १२ शनिबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी ब्यारेजका सबै ढोका खोलिएपछि विहारका ८ जिल्लामा उच्च सर्तकता

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o९:२८:oo

 निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा भएर पानीको बहाव उच्च भएको विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाएको छ । बिहार सरकारको जलसंसाधन विभागले कोसीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो  । 

विभागले शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताएको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको विभागले जानकारी दिएको छ। 

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। बिहान ८ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार  क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।