मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
संजित परियार काठमाडाैं
२o८१ पौष २३ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

चाकुको सहरमा व्यवसायीलाई भ्याइनभ्याइ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १४:१३:oo

चाकुका लागि प्रख्यात टोखा अहिले चाकुको बास्नाले मगमगाइरहेको छ। व्यवसायीलाई चाकु बनाउन तथा बिक्री–वितरण गर्न भ्याइनभ्याइ छ।

यहाँका सबैजसो चाकु उद्योग बिहान ४ बजेदेखि बेलुकी १० बजेसम्म चाकु बनाउन व्यस्त छन्। टोखा नगरपालिकाको वडा नं. २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री–वितरण हुँदै आएको छ। यो टोखाको पुरानो बजार हो।

टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यकाबाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा बिक्री हुँदै आएको छ। टोखाको चाकुले नेपालको झन्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ।

हेर्नुस् तस्बिरहरू :