मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका लुम्बिनी
२o८१ पौष २४ बुधबार १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मायादेवी मन्दिरमा दानबापत एक करोड ४३ लाख संकलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १४:o८:oo

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार ९९० रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा दोस्रोपटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।

पुस १८ देखि २३ गतेसम्म पाँच दिन लगाएर दानपेटिकाको पैसा गणना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए। उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको जानकारी दिए।

दानपेटिकामा संकलित दानलाई सिसिटिभी क्यामेराको निगरानीमा कोषका ३२ कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो। दानबापत संकलित रकमबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ।