मुस्ताङको रूपान्तरणलाई झल्काउने गरी किशोर कायस्थले खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी नेपाल कला परिषदमा चलिरहेको छ। ‘मुस्ताङ नोस्टाल्जिया : टु डिकेड ओडिसी’ शीर्षक दिइएको फोटो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ।
फोटोको माध्यमबाट कायस्थले मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने कोसिस गरेका छन्। प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ।
हेर्नुस् तस्बिरहरू :