मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २३ मंगलबार
  • Wednesday, 08 January, 2025
२o८१ पौष २३ मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली जनावरले क्षति पुर्‍याएका ७९ जना किसानलाई राहत वितरण  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २३ मंगलबार १४:o१:oo

सल्यानमा जंगली जनावरले क्षति पुर्‍याएका ७९ जना किसानलाई राहत वितरण  गरिएको छ । डिभिजन वन कार्यालय सल्यानले जंगली जनावरले बालीनाली क्षति पुर्‍याएको तथा चौपाया मार्दा पीडित भएका ७९ जना किसानलाई क्षतिपूर्तिस्वरूप राहत वितरण गरेको हो ।

जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकाका किसानलाई राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । उनका अनुसार चार पालिकाका ७८ किसानलाई पाँच हजारका दरले तीन लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका– ७ का एक किसानलाई एक लाख गरी ७९ जनालाई चार लाख ९० हजार राहत वितरण गरिएको हो ।

सरकारले गत वर्षदेखि जंगली जनावरले बालीनालीमा पुर्‍याएका र चौपाया मारेको किसानलाई राहत दिने कार्यक्रमअनुसार नै वितरण गरिएको उनले बताए । जिल्लाका १११ किसानले जंगली जनावरले बालीनाली क्षति पुर्‍याएको र चौपाया मारेको भन्दै राहतका लागि निवेदन दिएका थिए ।

निवेदन दिएकामध्ये ३२ जनाको विवरण केन्द्रमा पठाएको र केही दिनभित्र नै उनीहरूलाई पनि राहत वितरण गरिने कार्यालय प्रमुख रावलले बताए । पछिल्लो समयमा जिल्लामा बढ्दै गएको जंगली जनावर, बँदेल, बाँदर, रतुवा, घोरल, दुम्सी र निकुञ्ज क्षेत्रमा बढेको बाघका कारण जिल्लावासी प्रभावित हुँदै आएका छन् ।