संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बरन्डाका २० सहित २२ जना शाखा अधिकृतलाई जिम्मेवारी तोकेको छ।
लामो समयदेखि जिम्मेवारीविहीन रहेका उनीहरूलाई मंगलबार मन्त्रालयले जिम्मेवारी तोकेको हो। उनीहरूलाई मन्त्रालय, निकाय र स्थानीय तहमा पठाइएको छ।
सोमबार मात्रै मन्त्रालयले बरन्डाकासहित ३० उपसचिवलाई जिम्मेवारी तोकेको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार तीन दिनभित्र बरन्डाका कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको थियो। निर्देशनपछि बरन्डा शून्य गराउने गरी मन्त्रालयले जिम्मेवारी तोकेको हो।
स्थानीय तह र उपत्यकाबाहिरका कार्यालयमा कर्मचारी अभाव भइरहँदा सिंहदरबारमा कर्मचारी जिम्मेवारीविहीन भएपछि यसको आलोचना हुँदै आएको छ।
हेर्नुस् सूची :