१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o९:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचथरमा पहिरोमा परि आमाछोरीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o९:३३:oo

 पहिरोमा परि पाँचथरमा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ गढीस्थित चिसापानीमा घरमा पहिरो खस्दा आमा छोरीको मृत्यु भएको हो ।

आदिवासी जनजाती महासंघको भवनसँगै रहेको घरमा सुतिरहेका बेला खसेको पहिरोले पुरिँदा फिदिम १२ की २४ वर्षकी सपना र उनकी पाँच वर्षकी छोरी डोल्मा शेर्पाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

उनीहरु फिदिम ४ मा डेरामा बस्दै आएका थिए । साथीको घरमा सुत्न आएका बखत उनीहरुलाई पहिरोले पुरेको बताइएको छ । त्यहाँ रहेका तीनजना भने भाग्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बिहान साढे तीन बजे पहिरो खसेको स्थानीयले बताएका छन् । मृतक आमाछोरीको शव प्रहरीले पहिरोबाट झिकेको छ । पहिरोले आदीवासी जनजाती महासंघ पाँचथरको भवन पनि पुरेको समेत प्रहरीले बताएको छ ।