१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एन्फा सिस्नेरी एकेडेमीका पाँच विद्यार्थी बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार ११:२o:oo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा संचालन गरेको एकेडेमीमा पाँच विद्यार्थी बेपत्ता भएका छन्।

शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएपछि एकेडेमीका खेलाडी सुरक्षित स्थानतर्फ जाँदा बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए। उनको अनुसार पाँचजना सहज बाटो जाने क्रममा पहिरोमा परेका थिए । 

पाँचमध्ये तीन जनाको शव फेला परेको पनि उनले पुष्टि गरेका छन् । उनका अनुसार थप दुई विद्यार्थीको खोजीकार्य जारी छ। एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो । जसमा ४० विद्यार्थी थिए ।अन्य विद्यार्थी भने सकुशल रहेको ठकुरीले जनाएका छन् ।