१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १३:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा वर्षासँगै हिमपात, पर्यटकलाई सतर्कता अपनाउन अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १३:४७:oo

हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको  छ। शुक्रबार रातीबाट मनाङको उच्च हिमाली क्षेत्रमा हिउँ पर्न थालेको हो । मनाङको माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्र, हुम्डे, नार र फुलगायतका स्थानमा हिमपात भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

जिल्ला प्रशासन कार्यालयले विशेष गरी पदयात्री, पर्यटक, र सवारी साधनलाई स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म यात्रा नगर्न र यात्रा गर्दा आवश्यक सुरक्षा मापदण्डहरू अपनाउन अनुरोध गरेको छ। हाल पर्यटकीय सिजन भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई सचेत रहन मनाङ प्रशासनले अनुरोध गरेको छ। 

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्वसावधानी एवं सतर्कता अपाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय र एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपत् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ।