१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १२ शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रभावितको उद्धार र राहतमा गम्भीर बन्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १४:५५:oo

सत्तारुढ दल कांग्रेसले लगातारको अत्याधिक वर्षाका कारण प्रभावितको उद्धार र र राहतमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्तिमार्फत प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

सभापति देउवाले तीनवटै तहका सरकारहरूले आवश्यक समन्वय गरी पीडितको संवेदनशीलताप्रति गम्भीर बन्न आग्रह गरेका हुन् । साथै सभापति देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतमा खटिन समेत निर्देशन दिएका छन् ।

‘यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न म आग्रह गर्दछु,’विज्ञप्तिमा भनिएको छ,‘सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेसको तर्फबाट सरकारसँग आग्रह गर्दछु ।’