१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार १५:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणी नदीको बाढीले सुस्ता डुबान, स्थानीय विस्थापित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार १५:५८:oo

नारायणी नदीको बाढीले सुस्ता डुबानमा परेको छ। लगातारको वर्षाले अत्यधिक जलभण्डार भएको नारायणी नदीको भंगालो बस्तीतर्फ पसेपछि स्थानीयलाई प्रभावित भएका छन्। 

गाउँ डुबानमा परेपछि सुस्ताबासी विस्तापित भएका छन्। अत्यावश्य कलत्ताकपडा र खानेसामग्रीको जोहो गर्दै उनीहरू सुरक्षित स्थानतर्फ सरिरहेको सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष आदम खानले जानकारी दिए। 

उनले प्रत्येक वर्ष नारायणी नदीको भंगालो पसेर बस्ती डुबानमा पर्दा सुस्ताबासीको जनजीवन प्रभावित हुने गरेको बताए। ‘अहिले बाढि पसेपछि सुस्ताबासी त्रसित भएका छन्,’ खानले नयाँ पत्रिकासँग भने, ‘घर डुबानमा परेपछि सुरक्षित आवासको खोजीमा धेरैजना विस्थापित हुनु परेको छ।’

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले अहिलेसम्म २५ घर डुबानमा परेको जानकारी दिए। 

पानीको उच्च बहावपछि नारायणी नदीका सबै ठोका खुल्ला गरिएको छ। गण्डक ब्यारेजमा अहिले पानीको बहाब चार लाख ३२ हजार दुई सय क्युसेक पुगेको छ। साढे चार लाख क्युसेक पानीको बहाब पुगेपछि यहाँ खतराको रूपमा मान्ने गरिन्छ।